काठमाडौँ: टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भएपछि नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पुनरवालोकनमा जाने बताएका छन्।

कैलालीको टीकापुरमा नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका प्रमुख दोषीका रुपमा डिल्ली बजार जेलमा सजाय काटिरहेका उनले आफू रत्तिभर बिचलित नभएको पनि बताएका छन्।

चौधरीले बुधबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीसहितसँग छलफलपछि अदालतको फैसलाको सम्मान गरिनुपर्ने पनि बताएका छन्।

‘सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस‌ला स्वीकार्दै भोलि पुनरावलोकनमा जान हाम्रा लागि बाटो खुल्ला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ। सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ।’

उनले टीकापुर हत्याकाण्डबारे मंगलबार सर्वोच्च अदालतले दिएको फैसलालाई लिएर अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन्।

‘अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्नु हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाईमा छौँ। त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ।’

उनले आफू डिल्ली बजार जेलमाा धैर्यसहित बसिरहेको पनि बताएका छन्।

‘म डिल्लीबजार कारणारमा धैर्य र सहनशीलताकासाथ कैद भुक्तान गरिरहेको छु। अहिले स्वस्थ छु’, उनले भनेका छन्, ‘रत्तिभर मन विचलित छैन। पुस्तक लेखिरहेको छु। केही दिनमा ‘धरातल’ नामक पुस्तककासाथ तपाईँसमक्ष साक्षात हुने छु।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version