काठमाडौं: समाचार लेखेकै विषयलाई लिएर एक अराजक समुहले हिमालय टाइम्स राष्ट्रिय दैनिकका आर्थिक व्यूरो प्रमुख पत्रकार लेखनाथ पोखरेललाई ज्यान मार्ने धम्की दिएको छ । सो दैनिकको कार्यालयमा २ जना प्रबेश गरि सोमबार साँझ जथाभाबी बोल्दै जे पायो त्यही समाचार लेख्ने तँ हैन ? यसरी समाचार किन लेखेको ? जस्ता प्रश्न गर्दै अन्त्यमा ज्यान समेत तलमाथी पारिदिनु पर्ला नी बिचार पु¥याएर लेख्ने ?’ भन्दै धम्क्याएको पत्रकार पोखरेलले बताएका छन् ।

पत्रकार पोखरेलका अनुसार सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक घोटालाको बारेमा लेखिएको समाचारलाई लिएर पूर्वपत्रकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाका समापति राजनबहादुर सिवाकोटीको साथ आएका दुइ जनामध्ये एकजना व्यक्तिले सो धम्की दिएको बताए ।

दोलखा जिल्लाका राप्रपा अध्यक्ष सिवाकोटीसँगै राप्रपाको समेत नाम जोडेर समाचार लेखिएको भन्दै उनले धम्कीपूर्ण शैलीमा भने ‘जथाभावी समाचार लेख्ने ? समाचारको स्रोत को हो, मुद्दा हालौं कि के गरौं ? हामीसँग गुण्डाहरु पनि छन्, हाम्रा एउटै नेताका दुइ सय गुण्डा छन्, उनीहरुबाट केही होला नि ? म पनि पत्रकार हुँ, समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थाहा छ ।’

भन्दै उनले ज्यान लिने धम्कीसँगै निरन्तररुपमा पत्रकार पोखरेले आफूमाथि दूव्र्यवहार र दुरुत्साहनपूर्ण आक्षेप लगाइरहेको बताए । सुरुमा आफूविरुद्ध किन समाचार लेखियो भन्दै राप्रपा सिवाकोटी कार्यालयमा आएका थिए । सिवाकोटी पनि सिन्धुज्वालामा हाइड्रोको जनसम्पर्क अधिकृतकारूपमा कार्यरत रहेको र उनीसमेत घोटाला संलग्न रहेको समाचार प्रकाशित भएको थियो ।

उल्लेखित घटनाको घोर निन्दा र भत्र्सना गर्दै पत्रकार पोखरेलले सम्वन्धित व्यक्तिमाथि कारवाहीको माग गरेका छन् । ‘पत्रकारको जीवन रक्षा, पेशागत सुरक्षा, पेशागत निर्भिकताको वातावरणका लागि सरकार, नेपाल पत्रकार महासंघ, नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघलगायत सबै सरोकार निकायको गंभीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ पत्रकार पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भनेका छन्– ‘कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रण गर्दछु ।’ लेखिएको समाचारको विषयमा चित्त नबुझेमा कानुनी रुपमा उपचार खोज्न पाउने अधिकारलाई समेत प्रयोग नगरि पत्रकारलाई हत्या समेत गर्ने धम्की दिदै आएकामाथी कारबाहीको माग समेत गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version