काठमाडौँ: सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कंदै गर्दा आरोही फूर्वा सेर्पाको मृत्यु भएको छ।

सफा हिमाल अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको दुःखद निधन भएको नेपाली सेनाले जनाएको छ। उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको पनि सेनाले जानकारी दिएको छ।

यस्तै, सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दिपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प २ सम्म ल्याइ थप उपचारको लागि काठमाडौं पुर्‍याइएको छ।

सह सेनानी खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौं ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको छ।

प्रतिकुल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य सूचारु रहेको पनि सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version