काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाँणलाई सांसद मञ्जु खाणले भेटेकी छन् ।

उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनी पति खाण पक्राउ परेको बाह्रौं दिन मात्र सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।

सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुनु ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version