काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै शीर्ष तहका व्यक्तिहरूको नाम मुछिएपछि लाज पनि लजाएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको परीक्षा भइरहेको बताए।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण सरकार र हाम्रो अगाडि यसरी आएको छ कि यो विषयलाई सरकारले राम्रोसँग टुङ्ग्यायो भने सरकारको वाचाहरूको विश्वास हुन्छ। अहिले जसरी नाम आउन थालेको छ। त्यहाँ लाज पनि लजाएको जस्तो छ। कोको परेको कोको नपरेको सुन्दासुन्दै हामीले देखिरहेका जिम्मेवारी लिएका मान्छेहरू एकपछि अर्को गर्दै तानिँदै जाने हो कि भन्ने लागेको छ। यसमा सरकारको परीक्षा छ।’

अनुसन्धान कसरी भइरहेको जनताले हेरिरहेले हेरिरहेको उल्लेख गर्दै नाम आएका व्यक्तिको अनुसन्धान हुनुपर्ने बताए।

उनले भने, ‘अनुसन्धान भएन भनेर कसैले मुक्ति पाउँदैन। सरकारपछि न्यायालयको पनि परीक्षा छ। यो राज्यविरुद्धको अपराधमा एकाएक होस् चाहे घरको मान्छे होस् चाहे बार्दलीको मान्छे होस् चाहे नेता नाता होस्, दूधको दूध पानीको पानी हुनुपर्छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version