फेरी समस्या हुन नदिन समिति गठन

काठमाडौँ: नागार्जुन नगरपालिका १ नम्बर वडाको सम्पूर्ण वस्तिहरुमा रहेका अव्यवस्थित कबुल र विद्युतीय तारको व्यवस्थापन कार्य सम्पन्न भएको छ ।
१ नम्बर वडाका अध्यक्ष रामेश्वर लामाका अनुसार दुई महिनाभन्दा बढी समय लगाएर वस्तीको मुख्य र सहायक सडकहरुमा देखिने तारका गुझुल्टोको व्यवस्थापन कार्य सम्पन्न भएको हो ।

“हामीले वडालाई वातावरणीय प्रदुषणबाट मुक्त राख्न र यसबाट हुन सक्ने मानविय दुर्घटनाको जोखिम कम गर्न यो कार्य सुरु गरेर विभिन्न चुनौतीका वाबजुत चैत्र ८ गतेबाट सुरु गरेर जेष्ठ ६ गते सम्पन्न गरेका हौँ,” लामाले भने। वडा र नगरपालिकाको एक रुपियाँ पनि खर्च नगरी यो तार व्यवस्थापनाको कार्य सम्पन्न भएको हो, लामाले भने।

“स्थानिय वासिन्दाले निस्वार्थ रुपले प्रदान गर्नु भएको खाजा पानि र मेरो आफ्नै नीजि खाजा खर्चको पैसाले यस कार्यमा जुट्ने कर्मचारीहरुले निरन्तर काम गर्न सक्नु भयो,” उनले भने।

यो दौरानमा कुल २५ किलोमिटर बस्तीका बाटोमा (मुख्य र सहायक भित्री सडक गरेर) रहेका अव्यवस्थित तार र जोखिम युक्त ७ वटा पोलहरु काटेर व्यवस्थापन गरिएको उनले जनाए। हामीले त्यसैगरी बस्तीहरुबाट कुल १५ ट्रक काम नलाग्ने कबुल र टेलिफोनका तारहरु व्यवस्थापन गरौँ, उनले भने।

१ नम्बर वडास्थित राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष एक नारायण उपाध्यायका अनुसार तार व्यवस्थापनको कार्य सकिएपछि हाल बस्ति र मुख्य सडकहरु सफा र सुरक्षित देखिएका छन्। वडाको यो पहलकदमीले सम्पूर्ण वडावासीलाई खुशी र सुरक्षित महसुस गराएको छ।

त्यसैगरी, वडाकै स्थानिय बासिन्दा सुष्मा ढकालका अनुसार अहिले बस्तिको हरेको चोक र मुख्य सडकहरुमा तारको व्यवस्थापनले बस्ति सफा र हेर्न लायक भएको छ।

अध्यक्ष लामाले भने अब पनि पुनः यो अव्यवस्थित तरिकाले तारहरु राख्न कार्य रोक्न स्थानिय र वडाले स्थापना गएको एउटा तार व्यवस्थापन कमिटिका सदस्यहरुले निरन्तर अनुगमन भएर सोहि अनुरुपको कार्य हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version