काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा उत्शाहजनक सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) ११ दशमलब ६९ अंकले बढेर एक हजार २५६ दशमलब ५३ अंकमा पुगेको बजार बन्द भएको छ ।

नेप्से संगै कारोबारमा उलेख्य वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आजको कारोबारमा सबै समूहको परिसूचकमा सुधार आएको छ ।

जीबन बीमा र उत्पादन मूलक समूहको परिसूचकमा सबै भन्दा बढी क्रमश ४८ दशमलब ५ अंक र २६ दशमलब ५१ अंकले बढेको छ ।

त्यसैगरी, बाणिज्य बैंक १३ दशमलब ७१ अंक, विकास बैंक २० दशमलब ८९ अंक, निर्जिवन बीमा २० दशमलब १८ अंक र लघुवित्त समूहको परिसूचक ८ दशमलब ३१ अंकले बढेको छ ।

होटल समूहको परिसूचकमा ४ दशमलब ३५ अंकले, बित्त ३ दशमलब ११ अंकले, अन्य शुन्य दशमलब ५४ अंकले र जलबिधुत समूहको परिसूचकमा ६ दशमलब ५४ अंकले सुधार आएको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ८ हजार ९१६ कारोबारबाट ९१ करोड ५२ लाख ९२ हजार २०४ रुपैयाँ बराबरका ३० लाख ७० हजार २३१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version