काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउने भएका छन् । राजधानी वीरेन्द्रनगरको घण्टाघरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी हुन शाह सुर्खेत आउन लागेका हुन् ।

उनी अहिले बाँकेको नेपालगन्जमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने छन् ।

वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।

अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए । पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version