काठमाडौँ:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ अर्थिक वर्षको बजेट पास गरेर जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।

चारदिने भ्रमणको औपचारिक निर्णय भई भ्रमण तालिका पनि सार्वजनिक भएको छ। भारतले प्रधानमन्त्री दाहालको भारत भ्रमण-तालिका सार्वजनिक गरेको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।

भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकर भेटघाट गर्नेछन्।

भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।

औपचारिक कार्यक्रममा अतिरिक्त प्रधानमन्त्री दाहालले उज्जैन र इन्दौर भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version