काठमाडौँ:
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तविरुद्ध आइतबारदेखि थुनछेक बहस सुरुहुने भएको छ।

जिल्ला अदालत काठमाडौंमा १८ जनाकै बयान सकिएसँगै आज थुनछेक बहस सुरु हुने भएको हो। थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ।

थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ।

पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।

सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।

‘बहसको सुरुवात महेश खत्री र जनक घिमिरेले गर्नेछन्’, नेउपाने भने।

हिरासतमा रहेका १८ अभियुक्तमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरी छन्। यस्तै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि हिरासतमा छन्।

उक्त प्रकरणमा मुद्दा लागेकामध्ये १२ जना फरार छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version