काठमाडौँ:
प्यूठानमा जीप दुर्घटना हुँदा आठजनाको ज्यान गएको छ। लु १ च ६३४५ नम्बरको उक्त जीपमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना हुँदा त्यसमा सवार सबै आठजनाको मृत्यु भएको हो।

प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले जीप चालक दाङको लमही नगरपालिका-५ का तारा कुमालबाहेक अरुको सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version