काठमाडौँ: वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल प्रवेश गरेसँगै काठमाडौं उपत्यका लगायत क्षेत्रमा पानी परेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको हो।

देशभर प्रचण्ड गर्मी भइरहेका बेला भएकाे वर्षाले शीतल महसुस गराएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (जुन १४ तारिख) मा देशका कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन भित्रिएको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ।

अब देशका अन्य स्थानमा क्रमशः मनसुन फैलिँदै जाने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। मनसुन आएपछि मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम ह्वात्तै बढ्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version