काठमाडौँ: पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ७ अर्ब ७ अर्ब १५करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमेयर मञ्जुदेवी गुरुङबाट प्रस्तुत बजेट चालु आर्थिक वर्षको भन्दा करिब २ अर्बले कम हो। चालु आर्थिक वर्षमा महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजारको बजेट ल्याएको थियो।

बजेटको ठूलो हिस्सा अर्थात् २ अर्ब भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरिएको छ।

महानगरका कर्मचारीको तलब भत्तामा ८१ करोड २२ लाख २६ हजार, सामाजिक विकासमा ६ करोड ५० लाख, आर्थिक विकासमा १० करोड, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, पर्यटन र सहरी विकासमा ७० करोड, विभिन्न कोषहरुमा १४ करोड,संघीय सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र सशर्त अनुदान ८० लाखलाई सहरी विकास आयोजनामा लगाइने महानगरको योजना छ।

महानगरले खर्चको स्रोतको रुपमा संघीय सरकारको अनुदान २ अर्ब ७२ करोड ३२ लाख, प्रदेश सरकारको १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजश्व बाँडफाटबाट ३६ करोड ६२ लाख, प्रदेश राजश्व बाँडफाटबाट ८ करोड २५ लाख प्राप्त हुने प्रक्षेपण गरेको छ।

स्थानीय राजश्व बाँडफाटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकारको सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरेको महागनरले अपुग ४५ करोड ६८ लाख चालु आर्थिक वर्षको बजेटबाट बचत हुने प्रक्षेपण गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version