काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले जानकरी दिए। ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको रिजाल बताउँछन्।

‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो’, रिजालले भने, ‘उनलाई जिल्ला अदालत, काठमाडौं पेश गरेका र्छौं।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो। त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए। पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो। प्रकरणका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा लगायत अझै फरार छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version