काठमाडौं: ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्स बीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ ।
उक्त सम्झौता पत्रमा ईजी एस्योरेन्सका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गर्ने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिने कम्पनीले जनाएको छ ।

ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत १,००,००० रुपैयाँको दुर्घटना बीमा अन्तरगत रकम प्रदान गर्नेछ ।

ईजी एस्योरेन्सले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्तरगत मोबाइल ग्राहकहरुले न्यूनतम १,५०० रुपैयाँ भन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ ।

न्यूनतम ४९ रुपैयाँ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक फरक हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version