काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरणपनि सुरु भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो शुद्धिकरण अभियान यत्तिमा नरोकिई निरन्तर अगाडि बढ्ने उल्लेख गरे ।

उनले भने– ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारवाही सुरु भइसकेको छ । बर्षौदेखिको बिकृतिको यो डङ्गुर सफाई गर्ने यो सुशासनको लडाँईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आशा गरेको छु ।’

उनले पछिल्ला हरेक वर्षदेखि किसानले समयमा मल नपाउने समस्या रहेको बताउँदै यो वर्ष साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आयात सुनिश्चित भएको बताए । यसमा १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा बिक्रि पनि भइसकेको दावी गरे । आगामी आर्थिक वर्षमा समयमै मल ल्याउनका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । यस्तै नेपालमै रायायनिक मल उत्पादन गर्नका लागि लगानी बोर्डले अध्ययन गर्न थालेको बताए । यस्तै मेलम्ची खानेपानी आयोजना मर्मत संभार गरी १२ महिना नै खानेपानी वितरणको व्यवस्था मिलाइएको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version