काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमी कमजोरीबाट सिकेर नेकपा ब्युँताउनु पर्नेमा जोड दिए । उनले भने, ‘कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री दाहालले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कनु पर्ने बताए। उनले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे।

उनले के कारणले कम्युनिष्ट विभाजित भए भन्ने बारेमा पनि गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै समाजवादी मोर्चामार्फत वामपन्थी एकता गर्न लागेको स्पष्ट पारे ।

प्रचण्डले समाजवादको नयाँं यात्रा तय गर्न सबैसँग आग्रह समेत गरेका छन् । उनले टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले समाजवादको नयाँ यात्रा तय गर्ने अभियान अन्तर्गत पछिल्लो समय नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव र जसपाबीच सहकार्य भएको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version