अर्घाखाँची: अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोहनपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घाइते भएका ४ जनामध्ये तीन जनाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षका धनबहादुर रास्कोटी, ११ वर्षकी मञ्जु रास्कोटी र १२ वर्षका खुमबहादुर रास्कोटी छन् ।

घटनामा घाइते भएका १४ वर्षका सचिन रास्कोटीलाई उद्धार गरी पाल्पाको मिसन अस्पताल पठाइएको छ ।

पाणिनि गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version