प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिएको विवादित अभिव्यक्तिलाई लिएर बुधबार रोकिएको प्रतिनिधिसभाको बैठक दुई दिनलाई स्थगित भएको छ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाउन भूमिका खेलेको विवादित अभिव्यक्ति दिएको विरोधमा बुधबार एमालेसहितका दलहरुले संसद्‍मा अवरोध गरेका थिए।

एमालेसहितको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टालाई स्थगित गरेका थिए।

तर बैठक अघि बढाउने विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि सभामुख घिमिरले बैठक दुई दिनलाई स्थगित गरेका हुन्।

‘बुधबार आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल असार २२ गते शुक्रबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले भनेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version