काठमाडौँ:
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे चासो लिएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनलाई लिएर चासो राखेका हुन्।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र त्यसपछि पनि अमेरिकाबाट नेपाललाई सहयोगको निरन्तरताबारे पनि कुरा भएको छ।

त्यसैगरी अमेरिकी सहयोगमा बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को समयमा प्राप्त विशेष सहयोगका लागि धन्यवाद पनि दिए।

सम्बन्धित समाचार

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे।

दुई देशबीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे पनि कुरा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

त्यस्तै लुले शुक्रबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

देउवालाई भेट्न सहायक विदेशमन्त्री लु निवास धुम्बाराही पुगेका थिए। देउवालाई भेट्न सहायक विदेशमन्त्री लु निवास धुम्बाराही पुगेका थिए।

उले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version