काठमाडौँ: काठमाडौं आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ।

परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो। अबदेखि प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ।

आइतबार बसेको निगमको संचालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेको छ।

निगमले आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ।

तराईमा १६१.५० रुपैयाँ (क वर्ग), १६३ रुपैयाँ (ख वर्ग) मा कायम हुने छ।

डिजल र मट्टितेलको मूल्य ४ रुपैयाँ प्रति लिटरमा घटाएको छ। अब काठमाडौंमा डिजल र मट्टितेल १४६ रुपैयाँमा पाइनेछ। १४३.५० रुपैयाँ तराइको क वर्गमा र १४५ रुपैयाँ ख वर्गमा डिजेल पाइने छ।

खाना पकाउने ग्यासमा १० रुपैयाँ घटेको छ। अब १७९० रुपैयाँमा ग्यास पाइने छ। ग्यासमा परल मूल्य कायम गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version