महाबचत बजार अभियानको लागि कृषि विकास बैंकको सम्झौता

काठमाडौँ: कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपाल सँग सम्झौता गरेको छ ।

दराज नेपाल अनलाईन ई(कमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट ,अरुण फुयाँलले हस्ताक्षर गरेका थिए ।

दराज अनलाईन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।

सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा १० प्रतिशत अधिकतम १००० रुपैयाँ बराबरको छुट पाउन सक्नेछन् ।

त्यसैगरी, दराजबाट खरिद गर्दा उनिहरुले अब १५ प्रतिशत अधिकतम १५०० रुपैयाँ पनि छुट पाउनेछन्।

ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा e-com (ई-कम) सेवा सकृय गर्नुपर्नेछ ।

कृषि विकास बैंक र दराजबिच भएको यस सम्झौताले दुबै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाउँने बैंकले जनाएको छ ।

तोकिएको प्रि-पेमेन्ट छुटहरु महाबचत बजारको live period (२०-३० जुलाई) मा मात्रै उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई उनीहरूको बैंक कार्डहरूमा e-com (ई-कम) सक्रिय गर्न आह्वान गरको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version