काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ।

विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

छानबिन गर्न विभागले समिति बनाउने तयारी गरिरहेको उनले बताए।

‘अहिले हामी छलफलमा छौं। क-कसलाई निलम्बन गर्ने भनेर हेर्दैछौं,’ उनले भने, ‘छानबिनका लागि जाँचपासमा संलग्नलाई निलम्बन गर्ने र अरू थप व्यक्तिहरू खुले उनीहरूलाई पनि गर्ने हो।’

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।

क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो।

विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version