काठमाडौं: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रीट खारेज भएसंगै सर्वोच्चले नै यसै मुद्धामा पहिले साउन ४, २०७९ मा जारी भएको अन्तरिम आदेश पनि खारेजमा जाने भएको छ ।

यसअघि, १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको थियो।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाहसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै १३ असार, २०८० मा ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version