काठमाडौं: एक वर्षको अबधिमा नेपालले विभिन्न देशबाट १६ खर्ब बढीको आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अबधिमा मात्रै १६ खर्ब ११ अर्ब ७३ करोड ७० लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशत कमी हो । अघिल्लो वर्ष नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

यस्तै, एक वर्षको अबधिमा नेपालले विभिन्न देशमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २१.४४ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष नेपालले २ खर्ब ३० करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

आयातको तुलनामा निर्यातमा कमी हुँदा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५.४५ प्रतिशतले व्यापार घाटामा कमी आएको छ । अघिल्लो वर्ष १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version