काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version