काठमाडौँ: आफ्नै घरमा कार्यरत किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन्।

मध्यपहाडी लोकमार्गमा कार्यरत इन्जिनियर हरिकुमार पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिलकुमार अधिकारीले बताए।

बलात्कार आरोपमा प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि इन्जिनियर पोखरेल त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएका थिए।

मुटु दुख्यो भन्दै अस्पताल भर्ना भएका पोखरेललाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेर लगेको हो। अहिले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ।

किशोरीले सामाजिक सञ्जालमार्फत पोखरेलले बलात्कार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version