काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ जाने क्रममा सोमबार विहान सौर्य एयरलाइन्सको जहाजमा चरा ठोकिएपछि विराटनगरमा ग्राउन्डेड भएको छ।
चार चालकसहित ४८ यात्रुसहितको सौर्यको जहाजमा आज चरा ठोक्किएको हो । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएपछि बायाँ इन्जिनभित्रको दुई ब्लेडमा क्षति पुगेको जनाइएको छ ।
नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालयका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार पाइलटले शुरुमा चरा ठोक्कियो भनेर ‘सस्पेक्ट’ मात्रै भएको र बीचमा डाउट भयो भनेर विराटनगर विमानस्थलमा जानकारी गराएका थिए ।
जहाजलाई नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकले जाँच गरिरहेको जनाइएको छ ।
