“तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ।”

काठमाडौँ: ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले शनिबार छापा मारेको छ।

त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।
त्यस क्रममा दावा छिरिङलाई विभागले पक्राउ पनि गरेको छ।

उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिए।

‘तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ। उनी फेरि भिजिट भिषामा नेपाल आएको देखिइएको छ।’

‘शनिबार बेलुका नै होटलमा छापा मारेर त्यहाँको कागजात र उनलाई पक्राउ गरिएको हो, अहिले अनुसन्धान जारी छ।’

उनीसँग नेपाली नागरिकतासमेत रहेको खुलेको छ। उनले नागरिकता लिएको एक महिनापछि नै नेपाली पासपोर्टसमेत लिएको पत्ता लागेको छ। उनले विभिन्न देश जाँदा बेल्जियम र नेपालका पासपोर्ट प्रयोग गर्ने गरेका थिए।
काठमाडौँ :

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version