काठमाडौं : प्रधानमन्त्री पु्ष्पकमल दाहालले संघीय शिक्षा ऐन सदनबाट पारित गर्ने प्रयास भइरहेको बताएका छन्। आइतबार समाजवादी मोर्चाको विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले संघीय शिक्षा यही अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरेका हुन्।

‘शिक्षाको क्षेत्रमा जहाँजहाँ जेजे खालि छन् त्यसलाई पदपूर्ति गर्ने प्रक्रियामा समग्ररुपमा लागिरहेका छौं,’उनले भने,’ऐन आउनु वित्तिकै शिक्षा क्षेत्रका समस्याहरु हट्नेछन्।’

उनले संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पनाअनुसार त्यो कामको सुरुवात शिक्षा क्षेत्रबाट हुनुपर्ने बताए। प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा समाजवादीको भ्रूणहरु नरोपिएसम्म समाजवादको कुरा कागजमै सीमित हुने बताए।

‘जबसम्म शिक्षाको क्षेत्रमा समाजवादीको भ्रूणहरू रोपिदैनन् जबसम्म सामाजिक क्षेत्रमा, सामाजिक न्यायको युग, समृद्धिको नयाँ युगतिर देशलाई डोर्‍याउने शैक्षिक क्यालेन्डर बन्दैन तबसम्म समाजवादको कुरा खाली कागजी बन्ने खतरा बढ्छ। त्यसैले समाजवादी शिक्षाको सुरूवात गर्न एउटा नयाँ प्रक्रिया अगाडि बढेका छौं,’उनले भने।’

उनले शिक्षा क्षेत्रमा गुणात्मक कदमहरू चालिएको बताए।

प्रधानमन्त्री दाहालले ललिता निवास जग्गा प्रकरण,सुन तस्करी प्रकरण र बेथितिमा जरैदेखि अनुसन्धान थालिने बताए। उनले भने,’अहिले भ्रष्टाचार विरोधी या राज्यको सम्पत्ति व्यक्तिगत दोहोन गर्ने जो बेथितिका विरुद्ध, तस्करीको विरुद्ध एउटा जेहाद छेडिएको छ। यो कदम यही रोक्नेवाला छैन। निरन्तर अगाडि बढ्नेवाला छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version