काठमाडौं: निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले मंगलबार बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएको छैन ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउन उनले माग गरे ।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । !

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version