काठमाडौँ: मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ। अपराह्न ४ बजे बस्नेगरी डाकिएको सो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने प्रमुख एजेन्डा रहेको छ।

आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले आजका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन्।

छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ। अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो।

आज बस्ने संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ। किनकि उनी वरीयताक्रममा अगाडि छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version