काठमाडौँ: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले संघीय संसदका दुवै सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरिरहेको । एमालेले उक्त सुन काण्डको छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ ।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आजका लागि बोलाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version