काठमाडौँ: सय किलो सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) बाट पक्राउ परेका छन्।

हिमालय एयरलाइन्सको जहाजबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका हुन्। उनीहरूको नाम लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले जानकारी दिए।

त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ।

राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version