प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन ३ गते बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको जनाएका छन्।

‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ’, एमालेले भनेको छ, ‘सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ।’

एमालेले ई-सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता (कृष्णबहादुर महरा) माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ।

‘सत्तारुढ दलकै नेताको भूमिमा तस्करीमा जोडिएको प्रष्ट भइसक्दा पनि सरकार पक्राउ गरेर छानबिन गर्न तयार छैन’, एमालेले भनेको छ, ‘ललिता निवास प्रकरणमा मुख्य भूमिमा खेल्नेलाई आजका मितिसम्म बयानसम्म गर्न नसक्ने सरकारको भूमिकामाथि अनेक कोणबाट प्रश्न उठेका छन्।’

एमालेले सत्ताकै संरक्षमा तस्करी भएकाले उच्चस्तरीय समिति मागिएको जनाएको छ। ‘यस प्रकरणमा उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष न्यायिक समिति बन्नुपर्छ। सत्तारुढ दलबाटै पनि उठाइएको विषय हो हो’, एमालेले वक्तव्यमा भनिएको छ,‘बरु उक्त छानबिन समितिमा सत्तारुढ दलका मान्छे पनि राखौँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version