काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका डाक्टर प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रबक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले उनी लगायत अन्य ७ जनालाई साउन २६ मा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका थिए। यस प्रकरणमा कांग्रेस संसद सुनिल शर्मासहित यादव छुटेका छन्।

प्रवक्ता अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । आइतबार नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं’, उनले भने, ‘यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’

भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले साम्सद शर्मा हिरासत मुक्त भएका थिए। अरुलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version