काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम व्यवस्थापनको मंगलबारको बैठकले मूल्य समायोजन गरेको हो। भारतबाट मूल्य बढेर आएकाले मूल्य बढाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निर्णय अनुसार डिजेलमा एकैपटक प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ। यस्तै, मट्टीतेलमा पनि १४ रुपैयाँ नै मूल्य बढाइएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो बर्गमा १७५ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १७७ र तेस्रो बर्गमा १६८ रुपैयाँ कायम हुनेछ।
यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम हुनेछ।
Facebook Comments Box

