बुटवल : रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ।अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको लगानीमा नयाँ कम्पनीले खरिद गरेसँगै रिसोर्ट नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको हो।

अब नयाँ व्यवस्थापनका साथ ६० दिनभित्र रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन गरिने हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुवेदीले विदेशी लगानी रहेको रिसोर्ट बन्द भएमा यसबाट विदेशी लगानीकर्तालाई नराम्रो सन्देश जाने भएकाले ४ अर्ब रुपैयाँमा रिसोर्ट खरिद गरिएको बताए। उनले हाल रिसोर्टमा ४ जना आबद्ध भई पुरानो कम्पनीबाट सम्पूर्ण स्वामित्व लिएर नयाँ व्यवस्थापनमा रिसोर्ट सञ्चालन गर्न लागिएको बताए।

कुल १५ विद्या क्षेत्रफलमा रहेको रिसोर्टले सरकारलाई तिर्नुपर्ने सबै कर कानुन बमोजिम तिर्न आफूहरू तयार रहेको समेत उनले बताए। ‘हामीले संविधान अनुसार जति कर तिर्नुपर्छ, जरिवाना तिर्नुपर्छ हामी तिर्नेछौं। सबै व्यवस्थापन मिलाउने क्रममा छौं।’ उनले भने।

उक्त रिसोर्टमा बैंकको समेत २ अर्ब दायित्व छ। सञ्चालक दीपक गौतमले सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको उनले जानकारी दिए।

सोहीअनुसार टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको उनले पत्रकार सम्मेलनमा बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version