काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर 2 रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य बढाएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए ।
परिबर्तित मूल्य सोमबार रातीदेखि लागु हुने उनले बताए ।
यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ।
इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको उनले बताए ।
आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।
अमेरिकन डलर संग नेपाली रुपैयाँ कमजोर हुँदा निगमले आयात गर्ने पेट्रोलियम पदार्थ महँगो पर्नगई निगमलाई धेरै घाटा परेको गोइतले बताए ।
