काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको संसद सचिवालयले जनाएको छ।

पछिल्लोपटक गएको साउन २९ बसेर स्थागित भएको बैठक आज पुनः बस्न लागेको हो।

२९ साउनमा बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो।

त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि बरामद भएको ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्न एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

सोही माग लाई आधार बनाएर एमालेले झण्डै एक महिनादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ।

एमालेको विरोधको कारण गएको साउन १० गतेदेखि लगातार संसद बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन।

संसद बैठक अवरुद्ध गर्ने एमालेको भूमिकाको चौतर्फी आलोचना हुँदै आएको छ।

स्वयं एमाले उपाध्यक्षसमेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलेसमेत संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्।

आजको बैठकका लागि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेसहित विभिन्न ८ वटा सम्भावित कार्यसूची तय भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version