काठमाडौँ: संसद्‌को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दै छन्।

संसद् बैठक सञ्चालनबारे प्रधानमन्त्रीले राष्ट्रिय दलका शीर्षसहितका नेतासँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले दिउँसो १२ बजेपछि बस्ने तयारी छ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ।

संसदको गतिरोध अन्त्य गरेर नियमित प्रक्रियामा लैजान प्रधानमन्त्रीले शुक्रबार सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।

साउन १० यता नेकपा एमालेको लगातारको अवरोधले संसद् नियमित प्रक्रियामा प्रवेश नै हुन पाएको छैन। संसद् नचलेकै कारण केही विधेयक रोकिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version