रसुवा: रसुवामा २ किलो सुनसहित एक जना पैदलयात्री पक्राउ परेका छन्।

टिमुरेबाट हिँडेर स्याफ्रुबेँसी आइरहेका २४ वर्षीय सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीले बताएका छन् ।

स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो । शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।

प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version