काठमाडौँ: युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेको छ।

योसँगै नवौँ संस्करणको महिला विश्वकपले नयाँ च्याम्पियन पाएको छ। स्पेन र इंग्ल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेका हुन्।

यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए।

सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्दै विश्वकपको उपाधि उचालेको हो।

खेलको दोस्रो हाफमा इंल्याण्डले केही सुधारिएको प्रर्दशन गरेपनि जित निकाल्न भने सकेन। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो।

खेलको ६९ औं मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्।

पेनाल्टी एरियामा ह्याण्ड भएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो।

खेलको ४९ औं मिनेटमा मारियोना क्याल्डेन्टीको प्रहार इंग्ल्याण्डकी गोलरक्षकले पन्च गर्दै जोगाउँदा अग्रता दोब्बर पार्ने मौका गुमायो।

पहिलो हाफको इन्ज्युरी समयमा सल्मा प्यारालुएलोको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा अग्रदा दोब्बर बनाउने मौका गुमायो।

खेलको १६ औं मिनेटमा फरवार्ड लरेन हेम्पको प्रहार विफल बन्दा इंल्याण्डले अग्रता बनाउने मौका गुमायो। त्यसको १ मिनेटमा नै अल्बा रेडोन्डोको प्रहारले पोष्टको गति लिन सकेन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version