काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मङ्गलबार छलफल गर्दै छन्। आज विहान ८ः३० राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए । उनको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version