काठमाडौँ: कोसी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजको लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।

आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version