काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

उक्त प्रकरणअन्तर्गत सरकारी किर्तेमा २९० जनालाई प्रतिवादी बनाइ केही बेरअघि मुद्दा दर्ता गरिएको हो।

सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।

उक्त प्रकरणमा संगठित अपराधमा मुद्दा दिन नमिल्ने देखिएकाले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरिएको बताइएको छ।

सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरे पनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version