काठमाडौँ: सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ।

आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए।

‘आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसनबाट तोकिने भएको छ। प्रधानन्यायाधीशज्यूले अटोमेसन प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने।

आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ।

प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले तोक्दै आएको पेशी झण्डै २ वर्षअघि गोलाप्रथाबाट तोकिने व्यवस्था गरिएको थियो।

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version