काठमाडौँ: मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन्। सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद सिंहलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

उनी राजविराजबाट पक्राउ परेको सप्तरीका एसपी नरेन्द्र कार्कीले नेपालखबरलाई जानकारी दिए। उनलाई अदालतमा पेस गरिएको छ।

उनी मुलतबी रहेको ज्यान मुद्दाका आरोपी समेत हुन्।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version