काठमाडौं: सिद्धार्थ क्यापिटलको वार्षिक साधारण सभा यहि असोज २५ गते बस्ने गरी तय भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुनेछ।

यस्तै, आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

सिद्धार्थले लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्नेछ। साधारण सभा होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version