काठमाडौँ: अमेरिकाको विभिन्न शहरबाट नेपाल आइपुगेका पर्यटक काठमाडौं भेला भए। नेपालका विभिन्न शहर घुमेर भुटानहुँदै अमेरिका फर्किने प्याकेज तयार भयो र यसको समन्वय गर्‍यो, ए एण्ड के ट्राभल एजेण्ड कम्पनीले ।

धुलिखेलहुँदै सुरु भएको अमेरिकन पर्यटकको नेपाल बसाईं त्रिशुलीमा र्‍याफ्टिङ, सात वटा हेलिकप्टरमा सगरमाथा आधारशिविर पोखरासम्म घुमेर शनिबार पोखराबाटै ड्रुक एयरलाइन्स चार्टड गरेर भुटानहुँदै अमेरिका फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दास्रो चार्टड उडान हो । गत असार ६ गते बुधबार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एयरलाइन्सको एयरबस-३१९ विमान पोखरा अन्तर्राष्ट्रिय मिानस्थलमा अवतरण गरेको थियो । पोखरा फेवातालमा भएको ड्रागन बोट फेस्टिभलमा सहभागी हुन ३५ जना पर्यटक पोखरा विमानस्थल हुँदै आइपुगेका थिए ।

सगरमाथादेखि पोखरासम्म घुमेर ४१ जना अमेरिकन पर्यटकले भुटान जानका लागि ड्रुक एयर चार्टड गरेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version